News: Hanumante, Samanantar

Post Picture
स्थानीयको अवरोधका कारण हनुमन्ते करिडोर निर्माणमा समस्या
 
 काठमाडौं । स्थानीयवासीले सडक निर्माणमा अबरोध गर्दा हुनमन्ते करिडोर निर्माणमा ३७ प्रतिशत मात्रै आर्थिक प्रगति भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार चालु आर्थिक वर्षमा कुल रकमको ३७ प्रतिशत मात्र खर्च भएको हो ।

 

समितिका उप-आयोजना प्रमुख योगेन्द्र चित्रकारले चालु आर्थिक वर्षमा छुटाइएको कुल बजेट ६७ करोड रुपैयाँ मध्ये २५ करोड रुपैयाँ खर्च भएको जानकारी दिएका हुन् ।

 

उनले चालु आर्थिक वर्षमा भौतिक प्रगति भने ६० प्रतिशत भएको बताए । हनुमन्ते करिडोर अन्तर्गत ५ किलोमिटर नदी नियन्त्रण कार्य सकिसकेको समितिले जानकारी दिएको छ ।

 

हनुमन्ते करिडोर अन्तर्गत सडक निर्माण भने हुन सकेको छैन । यस अन्तर्गत ४.८ किलोमिटर सडक निर्माण गर्नु पर्छ । स्थानीयको समस्याका कारण चालु आर्थिक वर्षमा सडकतर्फको काम नभएको चित्रकारले बताए ।

 

हनुमन्ते करिडोर निर्माणका लागि ३० महिना अवधि तोकिएको थियो । सो अवधिमा ठेकेदारले नदी नियन्त्रण र करिडोर निर्माण सक्नुपर्ने हुन्छ । हाल हनुमन्ते करिडोर निर्माणको ९ महिना सकिसकेको छ । यस अवधिमा नदी नियन्त्रणको काम अन्तिम चरण रहेको उनले बताए ।

 

हनुमन्ते करिडोरको प्रगति राम्रो रहेको चित्रकार बताउँछन् । ‘नदी नियन्त्रणको काम लगभग सकिसकेको छ, सडक निर्माण भने स्थानीयको विवादका कारण काम अघि बढ्न सकेको छैन,’ चित्रकारले चाणक्यपोष्टसँग भने ।

 

हनुमन्ते निर्माणमा २ टेन्डर आह्वान
आगामी आर्थिक वर्षमा हनुमन्ते करिडोर निर्माणका लागि २ वटा प्याकेजमा टेन्डर आह्वान गरिएको छ । बाँकी ठाउँमा करिडोर निर्माणका लागि भख्खरै मात्र टेन्डर गरिएको चित्रकारले जानकारी दिए । ठिमी चारदोबाटोदेखि बालकोट र बालकोटदेखि बालकुमारीसम्म करिडोर निर्माणका लागि टेन्डर आह्वान गरिएको उनले बताए ।

 

ठिमी चारदोबाटोदेखि बालकोट र बाकोटदेखि बालकुमारी गरी ५÷५ किलोमिटर सडक करिडोर निर्माणका लागि टेन्डर आवहान गरिएको उनले जानकारी दिए ।

 

‘हामी ढल निर्माण, नदी नियन्त्रण र करिडोर निर्माणका लागि ५÷५ किलोमिटर गरि १० किलोमिटरका लागि टेन्डर आह्वान गरेका छौँ,’ चित्रकारले भने ।

 

 

उनले यो टेन्डर ३० महिनामा निर्माण सम्पन्न गर्ने गरि सम्झौता हुने जानकारी दिए । प्रति प्याकेज ७० करोडको बजेट अनुमान गरिएको छ ।

 

स्रोतः २०७६ असार २८ गते,  चाणक्य पोष्ट मा  प्रकाशित 

Related Posts